नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदबार डिल्लीराज पन्तले जनताले बामगठबन्धनलाई दुई तिहाईको मतको अबमुल्यन गरेको बताएका छन् । जनताको मतलाई कदर गर्न नसक्दा काँग्रेसले मात्रै जनताको पक्षमा काम गर्ने उम्मेदबार पन्तको दाबी छ । केपी सरकारले देश बर्बाद बनाएको समेत आरोप लगाएका छन् ।
मंगलबार नेपाली काँग्रेसको धनगढी ४ को चुनावी सभामा बोल्दै कैलाली क्षेत्र नम्बर ५ का उम्मेदबार पन्तले अब काँग्रेस नेतृत्वको गठबन्धनले बिकास गर्ने भएकोले आफुहरुलाई मत दिन आग्रह गरेका छन् ।
केन्द्रबाट बजेट ल्याउन गठबन्धनका उम्मेदबार सबैलाई जिताउन आवश्यक रहेको उहाँको भनाई छ । केन्द्रबाट वडा सम्म बजेट ल्याउन प्रदेश र संघिय उम्मेदबार खुड्कीला भएकोले यसपालि गठबन्नका उम्मेवारलाई जिताए मात्रै बिकास सम्भव हुने उम्मेदबार पन्तको भनाई छ ।