डोटी। डोटीमा एक जनाको हत्या भएको भन्दै अवरुद्ध गरिएको केआई सिहं राजमार्ग सञ्चालनमा आएको छैन्। डोटीको शिखर नगरपालिका–६ लुवाखोडीका अमर मल्ल असोज १६ गते लुवाखोडी पुल मुनी मृत भेटिएका थिए। उनको हत्या भएको भन्दै आफन्तले दुई दिनदेखि केआई सिहं राजमार्ग अवरुद्ध गरेका छन्।
उक्त घटनाको प्रहरीले अनुसन्धान नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका डोटी प्रहरीले बताएको छ।सडक अवरुद्ध हुँदा धेरै यात्रुहरु अलपत्र परेको प्रहरीले बताएको छ । प्रहरीले एक जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले मृतकका आफन्त र प्रहरीबिच अहिले सवारी सञ्चालनका लागि छलफल भइरहेको जानकारी दिएको छ ।