धनगढी : बैतडीमा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा बैतडी ईन्चार्ज पर्मानन्द भट्टले उमेदवारी फिर्ता लिएका छन् । बैतडीबाट प्रतिनिधीसभा सदस्यका लागी उमेदवारी दर्ता गराएका भट्टले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी फिर्ता लिएका हुन् ।
नेता भट्टले आफूले उम्मेदवारी फिर्ता लिएको र गठबन्धनलाई सघाउने बताए। बैतडीका सहायक निर्वाचन अधिकृत तीर्थराज अर्चायका अनुसार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ४ जनामध्ये तीन जनाले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।