कैलाली। नेपाली काँग्रेस कैलालीले बागी उमेदवार दिने उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै काँग्रेस जिल्ला कार्य समिति कैलालीले आफ्नो पार्टी सम्बद्ध बागी तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको हो ।
काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,नेपाली काँग्रेस पार्टीसंग सम्बद्ध उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली काँग्रेस एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारहरुका पक्षमा लागेर सहयोग गर्न हुन नेपाली काँग्रेस कैलाली अपिल गर्दछ । यस्तै बागी तथा स्वतन्त्र उम्मेदवारलाई गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न पनि विज्ञप्तिमा भनिएको छ । मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि नेपाली काँग्रेस तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध कैलालीमा बागी तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।