मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि डोटीमा को उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि र प्रदेशसभाका लागि १३ जनाको उम्मेदवारी परेको छ । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।
बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजबादी का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीले उम्मेदवारी दर्ता गरेका छन् ।
रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । नरेन्द्र बहादुर खड्का र राजप्रासाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा “क” को लागी ४ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराए । एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रनाथ योगीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा “ख” को लागी ३ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टेकबहादुर बमको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाका मोहनबहादुर बमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।