बाजुरा। बाजुरामा नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले उम्मेदवारी दिएका छन्। दुवैले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधि सभातर्फ बाजुरामा एक मात्र क्षेत्र छ। पाण्डेलाई माओवादी र एकीकृत समाजवादीको साथ छ।
बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केशव विक र प्रदेश सभा (ख) मा कांग्रेसका पदमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रदेश सभा (क) मा बलदेव रेग्मी र प्रदेश सभा (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। बाजुरामा राप्रपाका तर्फबाट जंगबहादुर गिरी र प्रदेश ‘ख’मा हिमाल शाहीले उम्मेदवारी दर्ता गराएका छन्।