बैतडी। बैतडीमा गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले उम्मेदवारी दर्ता गराएका छन्। बैतडीबाट नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साँझ उम्मेदवार बनेका कुँवरले प्रतिनिधि सभाका लागी उम्मेदवारी दर्ता गराएका हुन्। माओवादीका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कुँवर गठबन्धनबाट प्रतिनिधि सभा सदस्यकोलागी निर्विरोध सिफारिस भएका थिए।
लामो समयदेखि सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको थियो । इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभामा दुइओटा क्षेत्र रहेको बैतडीमा प्रदेशसभा सदस्यमा भने नेपाली काँग्रेसको भागमा रेको छ। जसमा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र शिव राज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस जिल्ला उपसभापति एवं सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष वीर बहादुर विष्टले प्रदेशसभा क्षेत्र ‘क’ र काँग्रेस बैतडी पूर्व पार्टी सभापति शिव राज भट्टले प्रदेश सभा क्षेत्र ‘ख’ बाट मनोनयन दर्ता गराएका हुन् । योसँगै बैतडीमा पनि गठबन्धन साझा उम्मेदवारका साथ चुनावी मैदानमा उत्रिएको छ। यता नेपाली काँग्रेसका नेता हरीमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेता भण्डारीले आज प्रदेश सभा क्षेत्र ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । २०७४सालको चुनावमा उनी बाम गठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्यसँग झिनो मतान्तरले पराजित भएका थिए ।