डडेल्धुरा। गृहजिल्ला डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले वारेसमार्फत आइतवार प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।प्रधानमन्त्री देउवा डडेल्धुरा जान सम्भव नभएपछि आरजु उम्मेदवारी दर्ताका लागि डडेल्धुरा पुगेकी हुन्। आरजु राणा देउवाले आईतबार दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गरेकी हुन ।
पार्टी जिल्ला सचिव हेमराज चटौतक प्रश्तावक र पार्टी उप–सभापती डिल्लीराज जोशी समर्थक रहेर उनको मनोनयन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश क्षेत्र क मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र क्षेत्र ख मा नेपाली काँग्रेसका गोबिन्दराज बोहराले मनोयन दर्ता गरेका छन । देउवाको मनोनयन दर्ताका लागि राणा शनिबार डडेल्धुरा पुगेकी थिईन । देउवा संगै डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका बागी उम्मेदवार बिक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्ण सिंह रावल र राप्रपाका गोबिन्द राज खडायतले उम्मेदवारी दर्ता गरेका छन । डडेल्धुरामा एमालेले नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ललाई समर्थन गरेको छ । सोही क्षेत्रमा स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले पनि उम्मेदवारी दिएका छन् ।