हरिष भट्ट धनगढी, १५ असोज । कोरोना सँक्रमण नियन्त्रणका लागी गरिएको लकडाउन पछि धनगढीका बजार ब्यवसाय खुलेका छन् । लकडाउन अवधिमा पनी केही अत्याबस्यक सेवाहरु सञ्चालनमा रहेका थिए । करिब ६ महिना जारी लकडाउनमा कतिपय ब्यवसायीले उपभोक्ता हित सँरक्षण बिपरित कार्य गरेको भेटिएको थियो । सो अवधीमा पनी त्यस्तो अनुचित ब्यापारीक कृयाकलाप गरेकोमा बिभिन्न ब्यवसायी जरीवाना तथा कार्वाहीमा परेका छन् । ब्यवसायीले अखाद्य बस्तुको कारोबार, कालोबजारी संगै मुल्य बृद्र्धि गराइरहेको गुनासो स्थानियको रहि आएको छ । यसै गुनासोलाई सुनुवाई गर्न वाणिज्य आपुर्ती तथा उपभोक्ता हित सँरक्षण कार्यालय धनगढीले के गरिरहेको छ । कार्यालयको सेवा प्रवाह, ब्यवसायीक फर्म दर्ता, नविकरण, खारेजको अवस्था, कती ब्यवसायी कार्बाहीमा परे लगायत राजस्व संकलनको अवस्थाका बारेमा बाणिज्य आपुर्ती तथा उपभोक्ता हित सँरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगर सँग स्टेट सेभन अनलाईनका लागी हरिष भट्टले गरेको यो कुराकानी
स्टेट सेभन अनलाईन र सुप अनलाइन टेलिभिजनमा यहाँलाई स्वागत छ, सर ।
धन्यवाद छ ।
बाणिज्य आपुर्ती तथा उपभोक्ता हित सँरक्षण कार्यालय धनगढीले के काम गर्दै आएको छ । बिगत बर्ष देखी यस कार्यालयको जिम्मेबारी के रहेको छ । बाणिज्य कार्यालयले सुदुरपश्चिम प्रदेशमा रहेका ब्यापार ब्यवसायीहरुलाई ब्यवस्थीत गरी ब्यवस्थीत ब्यवसायबाट उपभोक्ताले सहि तरिकाले उचित मुल्यमा गुणस्तरीय बस्तु प्राप्त गर्न सकुन भन्ने उदेश्य कार्यालयको हो । बाणिज्य कार्यालय धनगढीले २०५० साल देखी आफ्नो सेवा प्रवाह गरेको थियो ।
त्यसपछि अन्य जिल्लाहरुमा वाणिज्य बिभाग अन्तरगत अन्य जिल्लामा २०६०÷६१ साल देखी घरेलु उद्योगहरुबाट फर्म दर्ता र नविकरण कार्य हुँदै आएको छ । तत्कालीन ५ बिकास क्षेत्र रहँदा नेपाल सरकारले ५ वटा बाणिज्य कार्यालय स्थापना गरेको थियो । यस्को जिम्मेबारी बाणिज्य प्रसासन रहेकोले यस्ले ब्यवसायीक र साझेदारी फर्म दर्ता र नबिकरण गर्ने गर्दछ । दर्ता भएर पनी सञ्चालन भएका ब्यवसायीक फर्मले गुणस्तरीय बस्तु प्रदान गरीरहेका छन कि छैनन भनेर अनुगमन गर्ने कार्य बाणिज्य कार्यालयले गर्दै आएको छ ।
बजार अनुगमन गर्दा अनुचित ब्यापारीक कृयाकलाप गरिरहेका ब्यवसायी तथा ब्यापारी लाई कार्यालयले कस्तो कारबार्हि गरेको छ ?
बजार अनुगमनका क्रममा अनुचित ब्यापारीक कृयाकलाप गरेको भेटिएमा उपभोक्ता सँरक्षण ऐन २०७५ अनुसार ब्यवसायीलाई तत्काल ५ हजार देखी ३ लाखसम्म जरिवानाको ब्यवस्था छ । त्यस अनुरुप गत आर्थिक बर्ष २०७६÷७७ मा अनुचित ब्यापार ब्यवसाय गर्ने २३ जनालाई काबार्ही गरि १८ लाख ५५ हजार जरिवाना गरिएको थियो । त्यस्तै यस आर्थिक बर्ष २०७७÷७८ को असोज १३ गतेसम्म १७ जना ब्यवसायीलाई कार्बाही गरी २ लाख ६५ हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा बिभिन्न ब्यवसायी तथा किराना पसलले बिना इजाजत एल पि ग्यास, मदिरा, माछा मासु बेचिएको, बिभिन्न बस्तुमा बढी मुल्य लिएको र अखाद्य बस्तु बेचिएको पाइएको छ । म्याद सकिएका, लेबल टाँस नगरेका अखाद्य बस्तु नष्ट गर्ने गरेका छौँ । त्यस्तै सँयुक्त बजार अनुगमन समितीले अनुगमनका क्रममा राहात बितरणमा अनुचित ब्यापारीक कृयाकलाप गरेको भन्दै ठाकुर ट्रेड लिकं सप्लाईट्सलाई तत्काल ३ लाख जरिवाना पनी गरिएको थियो । यस्ता अनुचित ब्यापार गर्नेलाई कावार्हीको दायारामा ल्याइने गर्दै आएका छौँ ।
बाणिज्य कार्यालयले ब्यवसायीक फर्म, दर्ता, नविकरणको कार्य पनी गर्दै आएको छ । अनि यस्को अवस्था के छ कती नयाँ फर्म दर्ता तथा खारेज भएका छन् ?
गत आर्थिक बर्ष २०७६÷७७ मा १३ सय ४१ प्राइभेट फर्म दर्ता भएका छन् भने ३ सय ५० ओटा ब्यवसायीक फर्म खारेज गरिएका छन् । त्यस्तै २६ साझेदारी फर्म दर्ता भएकोमा ७ ओटा फर्म खारेज भए । त्यस्तै यस चालु आर्थिक बर्षको साउन देखी भदौ महिनासम्म ४ सय २६ प्राइभेट दर्ता भएकोमा ६५ ओटा खारेज भएका छन् भने ८ ओटा साझेदारी फर्म दर्ता भएकोमा १ ओटा फर्म खारेज गरिएको छ । खारेजमा पर्ने कारण ब्यवसायीले ब्यवसायीक फर्म नबिकरण गर्न लार्पवार्ही गर्ने र समयमै नविकरण नगर्दा, नबिकरण गरीसक्ने अवधि भन्दा १ बर्ष नाघिसकका, ब्यवसाय सञ्चालन गर्ने मनसाय नभएका, दर्ता भएका फर्मले व्यापार चलाउन नसकेर र बैदेशीक रोजगारमा गएका कारण प्रत्येक बर्षमा यस्ता फर्महरुलाई खारेज हुन्छन् ।
कार्यालयले गत आर्थिक बर्ष र यस आर्थिक बर्षमा राजस्व सँकलन के कती प्राप्त गर्न सफल भयो ?
बाणिज्य कार्यालय धनगढीले गत आर्थिक बर्ष २०७६÷७७ मा ब्यवसायीक तथा साझेदारी फर्म, दर्ता, नविकरण र जरिवानाबाट २ करोड ६ लाख ३४ हजार ७ सय ९५ रुपैयाँ राजस्व सँकलन भएको छ । भने यस आर्थिक बर्षको हालसम्ममा फर्म, दर्ता, नविकरण र जरिवानाबाट १९ लाख ७० हजार ९ सय ४० रुयैयाँ राजस्व सँकलन गरेका छौँ ।
चाडबाडको समय नजिकिदै गरेको छ । बजारमा उपभोग्य बस्तुमा मुल्य बढेको अवस्था पनी छ र साथै यो बेला अखाद्य बस्तुको कारोवार बढ्ने गर्दछ । यस्मा कार्यालयको कामकाज र आगामी योजना के छ ?
अहिलेको समयमा ब्यवसायीले अखाद्य बस्तु बेच्ने, मुल्य बृद्र्धि गर्ने, उपभोग्य बस्तुको सटेज देंखाउने र अभाब देखाउने सम्भावना बढेको हुन्छ । अहिले यस्ता गतिबिधी पनी बढेका छन् र हामीले पनी बजार अनुगमन नियमित गरिरहेकाले यस्ता सुचनाहरु बढी आएका हुन् । यस्मा सँयुक्त बजार अनुगमन समिती अन्तरगत यस कार्यालय सँगै, जिल्ला प्रसासन कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय लगायतको समन्वय गरेर बजार ब्यवसाय अनुगमन गर्ने गरेका छौँ । र गर्दै पनी आएका छौँ । उपभोक्ताहरु माथि ठगी र अनुचित ब्यापारीक कृयाकलाप गर्न नदिने र यदि त्यस्तो गरेको पाइएमा उपभोक्ता सँरक्षण ऐन २०७५ र उसको कसुर अनुसार कार्बाही गछौँ ।
अन्तमा, सम्पुर्ण उपभोक्तालाई के भन्न चाहानुहुन्छ ?
कुनैपनी ब्यवसायीले यस्तो कार्य नगर्न र उपभोक्तालाई गुणस्तरीय बस्तु उचित दररेटमा बिक्रीबितरण गर्न समेत म अनुरोध गर्दछु । प्रत्येक उपभोक्ताले आफु खरिद गर्न लागेको उपभोग्य बस्तुको लेवल, मुल्य, उपभोग्य मिती र गुणस्तर छ छकि छैन भनेर सचेत हुन जरुरी छ र यस्मा उपभोक्ताले खरिद गरेको बस्तुको अनिवार्य बिल लिन आग्रह गर्दछु । अन्तमा यसरी बोल्ने मौका दिनुभयो र बाणिज्य कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी लिनुभयो यस्मा तपाई र तपाईको सँचार माध्यमलाई धन्यवाद दिन चाहान्छु ।