डडेल्धुरा। डडेल्धुराबाट देउवाविरुद्ध चुनाव लड्ने गुल्मी घर भएका सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकालले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका हुन्।निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि ढकालले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताए ।
‘बिहान उठेर नुहाएर जपपाठ गरेर आएर उम्मेदवारी दर्ता गराएँ उनले भने। आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापति शेरबहादुर देउवाका उनी प्रतिस्पर्धी बनेका छन्। नेपाली काँग्रेस बिपीका कर्णबहादुर मल्ल पनि नेकपा एमालेको समर्थनसहित चुनावी मैदानमा रहेका छन्।