गायिका तथा मोडल लक्ष्मी आचार्य बिवादमा फसेकी छिन् । दशैँको दिन संवेदनशिल अंगको बिचमा जमरा राखेको फोटो सार्वजनिक गरेपछि उनि बिवादमा परेकी हुन् ।
कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य विवादमा तानिएकी छन्। दसैंको दिन संवेदनशील अंगबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा मुछिएकी हुन्।
सामान्यतया शिरमा तथा कानमाथी जमरा राख्ने चलन भएपनि गायिका आचार्यले संवेदनशिल अगंको बिचमा जमरा राखेकी थिइन् । गायिका भनिएकी आचार्यले चर्चित हुने चक्करमा अंगबीच जमरा टाँसेकी थिइन्। गायिकाले सार्वजनिक गरेको उक्त फोटोलाई लिएर सामाजिक सञ्जालमा संस्कृतीमाथी बिकृती भन्दै आलोचना भइरहेका छन् । मान्यजनबाट निधारमा टिका र कानमाथी तथा टाउकोमा जमरा लगाइदिने चलन भएपनि आचार्यको संवेदनशिल अंगमा जमरा कसरी राखियो भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
आचार्यले फेसबुकमा सार्वजनिक गरेको सो फोटोमा सकारात्मक भन्दा नकारात्मक प्रतिकृया धेरै आएका छन् । आचार्यले भने यसपाली आफ्नो दशैँ नभएका कारण ठुला वडाबाट आर्शिवाद थप्न नपाएपनि दशैँको झल्को मेटाउन छातीमा जमरा लगाएको प्रतिकृया दिएकी छिन् । आलोचना भएपछि आचार्यले फोटो बारे स्पस्टिकरण दिएकि छिन् । उसो त गायिका आचार्य बेला बेलामा भाइरल भइरहन्छिन् ।