धनगढी :आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागी डडेल्धुरामा गठबन्धनले करिब उमेदवार टुङ्ग्याउँदै छ । एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा गठबन्धनबाट प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवा निर्बिकल्प देखिएका छन् । प्रतिनिधीसभामै आकाक्षीं देखिएका माओवादी स्थाई समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज खगराज भट्टलाई प्रधानमन्त्री देउवाले मुख्यमन्त्रीको आश्वासन दिदै प्रदेशमा पठाएका छन् ।
त्यसपछि देउवा बिरुद्ध गठबन्धनका कसै नेतालेपनि प्रतिनिधीसभामा आकाक्षां देखाएनन् । तसर्थ देउवा डडेल्धुराबाट प्रतिनिधीसभामा निर्बिकल्प भएका हुन् । यता प्रदेशसभा क मा काग्रेंसबाट डडेल्धुरा जिल्ला सभापति तथा पर्शुराम नगरपालिकाका निबर्तमान मेयर भिम बहादूर साउँदले दावी गरेपनि यहाँ माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था आएपछि माओवादी सुदूरपश्चिम ईन्चार्ज खगराज भट्टलाई साउँदले समर्थन गरे ।
२०६४, २०७० र २०७४ सालमा लगातार शेर बहादूर देउवासंग पराजित भएका खगराज भट्ट यस पटक काग्रेंस सितकै गठबन्धन भएका कारण देउवासंग लड्न पुगेनन् । उनलाई देउवालेनै सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन सहित प्रदेशसभाको उमेदवार बन्न लगाएका हुन् । प्रदेशसभा क मा खगराज भट्टपनि अब निर्बिकल्प देखिएका छन् ।
प्रदेशसभा ख मा भने नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य डा.तारा जोशी गठबन्धनका बलियो उमेदवार बनेका थिए । काग्रेंसले संघ र प्रदेशसभा क लिने चर्चा हुँदा जोशी निर्बिकल्प देखिएका थिए । तर प्रदेशसभा क बाट खगराज भट्ट तयार हुँदा जोशी संकटमा परेका छन् । जोशीको ठाउँमा काग्रेंसलेनै उमेदवार उठाउने तयारी गरेको छ । निकै बलियो पकड रहेको काग्रेंसले डडेल्धुराका दुइटै प्रदेशसभामा अन्य दलका उमेदवारलाई समर्थन गर्ने सम्भावना न्युन छ । काग्रेंसले संघ र एउटा प्रदेशसभा लिने अडान राख्दा जोशी संकटमा परेका हुन् ।
प्रदेशसभा ख बाट काग्रेंसले प्रदेश सभा ख मा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री गोबिन्द राज बोहरालाई टिकट दिने सम्भावना बढी छ । २०७४ को निर्वाचनमा काँग्रेसको तर्फ बाट समानुपातिक संसदका रुपमा रहेका बोहरामा भएको अनुशासन, राजनैतिक नेतृत्व लिई कार्यगर्न सक्ने शैली जस्ता कारण स्थानीय स्तरमा उनको चर्चा हुनेगरेको छ ।
वि.सं २०१८ सालमा अमरगढी नगरपालिका वडा नं ३ चम्सालमा जन्मीएका बोहरा बि.सं २०५१ सालमा शेर बहादुर देउवा पहिलो पटक प्रधानमन्त्री बनेका बेला प्रमुख स्वकिय सचिवका रुपमा रहे । शेर बहादुर देउवाको बिस्वास पात्रका रुपमा परिचित मन्त्री बोहराले देउवाको तत्कालिन जोश, जांगर र उत्शाह लाई नजिक बाट नियाल्ने अवसर पाए ।