आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी गठबन्धनबाटै बैतडी माओवादीको भागमा परेपछि काग्रेंसमा अशन्तुस्टी बढेको छ । माओवादीका पोलिटब्युरो सदस्य नरेन्द्र कुँवरले बैतडीमा गठबन्धनको टिकट पाउने भएपछि नेपाली काग्रेंसका नेता कार्यक्रताहरु अशन्तुस्ट भएका छन् ।
कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । बैतडी माओवादीको भागमा परेपनि काँग्रेसका नेताहरुले भने विरोध गरेका छन् ।काँग्रेसका जिल्ला स्तरका नेताहरुले गठबन्धनबाट संघको टिकट नमिले एक्लै चुनावमा जाने निर्णय समेत गरेका छन् । बैतडीमा गठबन्धनबाट संघको सिट माओवादीको भागमा परेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काँग्रेसले संघकोे टिकट पाउनु पर्ने माग गरिरहेका उनिहरु माथिबाट भएर आएको सहमतिले असन्तुष्ट देखिएका हुन् ।
काँग्रेसका नेता तथा कार्यकर्ताहरु माओवादीले टिकट पाए भोट नै नहाल्ने अभिव्यक्ती दिइरहेका हुन् ।
गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभातर्फ जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको बताइएको छ ।