धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले चाडपर्वहरुको अवसरमा कला संस्कृति उत्सवको आयोजना गरी मनाएको छ । नियमित अभियान अन्तरगत शिक्षा, संस्कार र सँस्कृतिलाई जोड्दै आएको पाठशालाले विजयादशै दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा कला संस्कृति उत्सव आयोजना गरेको हो। कार्यक्रममा सांस्कृतीक कार्यक्रम, बिद्यार्थीहरुले आफ्नै हातले बनाइएका बिभिन्न कला प्रर्दशन तथा सुदुरपश्चिमका मौलिक खानाका परिकार प्रर्दशनमा राखिएका थिए । स्थानिय परिकारमा माणा, निसौसे,खिर, पुरी, डुब्का, अचार तथा थारु परिकारमा ढिक्री, खरिया लगायतका परिकार थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सहित्यकार, मदन पुरस्कार बिजेता रामलाल जोशीले चैतन्य पाठशालाले जिवन र भबिश्यलाई मध्येनजर राख्दै अगाडी बढीरहेको प्रति आफु गौरवान्वित भएको बता । बिगत देखी नै सो पाठशालाको बारेमा आफु जानकार रहेको बताउँदै शिक्षक कर्मचारी तथा संस्थापकको दुरदृष्टी रहेकोले संस्कार, चेतनाका साथै बिद्यार्थीहरुको सुनौलो भबिश्यप्रति यस पाठशालाको परिकल्पना रहेको बताए । उनले बिद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै नभएर जिवनको ज्ञान, कला संस्कृतीको ज्ञान, हाम्रो पुर्वजको ज्ञान तथा हाम्रो जिवन संस्कृतीको ज्ञान दिएर मानिसलाई पुर्ण बनाउने ज्ञान प्रदान गरिरहेको जानकारी दिए । यस्तै उनले केही बर्ष भित्रै चैतन्य पाठशालाले समाजमा नयाँ र फरक जनशक्ति उत्पादन गर्ने समेत शिक्षक अविभावकलाई बिश्वास दिलाए । उनले स-साना बिद्यार्थीहरुको कला प्रस्तुती तथा प्रतिभा देखेर निकै सुखी लागेको बताए । उनले भने कसैसंग नृत्यको क्षमता, गित गाउने, खेलकुदको क्षमता लगायत बिभिन्न कलाको क्षमता रहेकोले यो चैतन्य पाठशालाले उजागर गरेको बताए । यस्तै जनशक्ती तथा कला उत्पादन भएमा कोही पनी बिद्यार्थीहरुले भविश्यमा बिदेशमा जानु नपर्ने र बिभिन्न क्षेत्रमा आफै अब्बल हुने बताए । यस्तै कार्यक्रमका सभापती तथा प्रधानाध्यापक हरि प्रसाद जोशीले बिद्यार्थी अबिभावक तथा समाजले जिम्मेबारी दिए अनुसार पाठशाला काम गरिरहेको बताए । जुन जिम्मेबारी आशा र अपेक्षा राखेका छन् त्यो अनुसार प्रयासरत रहेको उनको भनाई छ। उनले भने हामीले गरेको प्रयासले बिद्यार्थीहरु हिजो भन्दा आज राम्रो गरिरहेको अनुभुति लिरहेका हुन्छौँ।
उनीहरुमा सुधारको लक्षण देखाइरहेका हुन्छौँ । उनले भने, आफुले संगत गरेका ४ सय भन्दा बढी बिद्यार्थीहरु आफु प्रत्येक एक-एक बिद्यार्थी सम्झीरहेको छु । हामी कहाँ पढ्ने प्ले ग्रुप देखी कक्षा १० सम्म अध्ययनरत कुन बिद्यार्थी, के हदले कुन हैसियतमा र कुन पाटोमा सुधार भएको छ म सम्झीरहेको छु, उनले भने, यस्ले आफुलाई हौसला प्रदान गरेको बताए। साथै कार्यक्रमका सभापती जोशीले दशै तिहार र छठ पर्वको शुभकामना ब्यक्त गरेका छन्। बिध्यालयका सहायक प्रधानाध्यापक कटक सिहंले‘अभिभावकले बालबालिकालाइ ज्ञानी,अभिप्रेरित बनाउन अपरिहार्य रहेको बताए। शिक्षा’ अभिभावकको बाबुनानीप्रतिको दायित्व, बालबालिकाहरूबाट शिक्षकको अपेक्षा, वर्तमान विश्व समाजको आवश्यकता भएकाले बालबालिकाबीचको रुचि अनुसार जानुपर्ने बताए । हरेक बालबालिकाको पहिलो पाठशाला घर र प्रथम शिक्षक माता पिता रहेको बताउँदै शिक्षा संस्कार घरबाट र त्यसपछि बिद्यालयबाट मात्रै सम्भब हुने सहायक प्रधानाध्यापक सिहंको भनाई छ। कार्यक्रममा नाचगान,गित,संगित, स्थानिय परिकारहरु,लिङ्गे पिङ, देउडा, समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रमका सभापति प्रधानाध्यापक हरि प्रशाद जोशी, प्रमुख अतिथी रामलाल जोशी तथा बिशिष्ट अतिथी ईश्वर गिरी लगायत बिद्यार्थी तथा अबिभावकहरुको उपस्तिथी रहेको थियो ।