कञ्चनपुर। कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन्।
उनीहरु २ जनालाइ हिजो (मंगलबार) साँझ बेलौरी नगरपालिका–६ वैशाखाबाट २ ग्राम १६ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले मे ७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको जनाइएको छ ।