कञ्चनपुर। कञ्चनपुरमा लुकाएर राखिएको अवस्थामा अवैध काठ बरामद गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ( पिपरिया-आमबागिया) बाट अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कर्याालय झलारीको टोलीले लुकाएर राखेको ६० क्युफिटका चार गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वरामद काठ डिभिजन बन कार्यालय पिपरियाको जिम्मा लगाइएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। सो सम्बन्धमा थप अनुसन्त्रान भैरहेको जनाइएको छ ।