बैतडी। बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ । बैतडीमा गत मंगलबारदेखि विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको थियो । जसका कारण विद्युतीय राहदानी सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आपछि बन्द भएको हो । केन्द्रबाटै उक्त समस्या समाधान गरेपछि विद्युतीय राहदानी सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । यसअघि गत असारमा पनि सोही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । बैतडीमा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो ।