बाजुरा। नेकपा माओबादी केन्द्र बाजुराले दुई प्रदेश सभा मध्य एक निर्बाचन क्षेत्र भागमा नपरे गठबन्धन नगर्ने निर्णय गरेको छ । आज बिहान पत्रकार सम्मेलन गर्दै नेकपा माओबादी केन्द्र बाजुराले सो कुरा जानकारी गराएको हो। नेकपा माओबादी केन्द्र बाजुरा समन्वय समिती संयोजक देबीचन्द बुढाले शुक्रबार पार्टीको बैठक बसेर सो निर्णय समेत भईसकेको बताए।
स्थानिय तह निर्बाचनका बेला पनि गठबन्धनको नाममा नेपाली काँग्रेसले कमजोर बनाउने प्रयास गरेको र प्रदेश निर्बाचनमा पनि सोही कुरा दोहोर्याउन सक्ने भएकाले बैठकले एक निर्बाचन क्षेत्र भागमा नपरे गठबन्धन नगर्ने निर्णय गरिसकेको उनले बताए। प्रदेश (क) र (ख) मध्ये एक निर्बाचन क्षेत्र नेकपा माओबादीले पाउनुपर्ने अडान राखेको छ।
नेकपा माओबादी केन्द्र बाजुराको तेस्रो पुर्ण बैठकले निर्बाचन अबधिभरका लागि संयोजक देवीचन्द बुढाको संयोजकत्वमा ५० सदस्यिय निर्बाचन परिचालन समिति समेत गठन गरिएको बताईएको छ। परिचालन कमिटीमा पार्टीका नेताहरु र बिभिन्न संगठनका प्रमुखहरु सदस्यमा रहेको बताएका छन। यस्तै माओबादी केन्द्र बाजुराले पार्टी भित्रको आन्तरीक कुरालाई लिएर सामाजिक संजालमा अपवाफ फैलाई जनतामा भ्रम छर्ने गरेका केही ब्यक्तीहरुलाई कार्बाहीका लागि पहिलो चरणमा स्पस्टीकरण सोध्ने निर्णय गरिएको जनाएको छ।