धनगढी। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले नियमित रुपमा चिरफारबिना नै पाठेघरको अप्रेसन गरिरहेको छ । निसर्ग हस्पिटल ले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने शल्यक्रिया प्रविधि प्रयोग गरी चिरफार बिना नै पाठेघरको अप्रेसन थालेको जनाएको छ। निसर्ग हस्पिटलकी स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर नजमुस्वबा अन्सारीले पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकर्षित भइरहेको बताइन् ।
चिरफार नगरी पाठेघरको अप्रेसनगर्दा बिरामीलाई कम पीडा महसुस हुने, अप्रेसन गरेको पर्सिपल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कम हुने र बिरामी छिट्टै आफ्नो नियमित काममा फर्किन सक्ने उनको भनाई छ । निसर्ग हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।नजमुस्वबा अन्सारी, स्त्रीतथा प्रसुतीरोग विशेषज्ञ डा। सुरेन्द्र भट्ट, ऐनेस्थेसियोलोजिस्ट डा। हेमन्तओझा लगायतको टिमबाट चिरफार बिना नै पाठेघरको अप्रेसन सेवादिईरहेको हस्पिटलले जनाएको छ ।