धनगढी : बैकंहरुको चर्को ब्याज बिरुद्ध कैलालीका ब्यवसायीहरु बिरोधमा उत्रेका छन् । लामो समय कोरोना कालले धरायशी बनेको ब्यवसाय माथी उकास्नुको सट्टा झन बैकंहरुको चर्को ब्याजले डुब्ने अवस्थामा पुगेको भन्दै उनिहरु चर्को ब्याजका बिरुद्धमा उत्रेका हुन् । बर्षै प्रत्येक अर्बौँ नाफा कमाइरहेका बैकंहरुले ब्यावसायनै धराप पार्ने गरी ब्याज बढाइरहँदा सरकारले तिनै बैकंहरुलाई संरक्षण गर्ने तर ब्यवसायका मर्का नबुझेको भन्दै कडा सघंर्षमा उत्रिने उनिहरुले चेतावनी दिएका छन् । सरकारले जारी गरेको नयाँ मौद्रिक नीति, वाणिज्य कार्यालयको अनुगमन, धनगढी उपमहानगरपालिकाले प्लास्टिकजन्य बस्तुमा गरेको निषेध लगायतका विषयमा आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् ।
बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी निक्षेप र ऋणको ब्याज बढाएपछि त्यसको बिरोधमा ब्यापारीहरु उत्रेका हुन् । साधारण मुद्दतीको ब्याज ११.०३ प्रतिशतबाट १२.१३३ प्रतिशत पु¥याएका छन् । बचतको ब्याज दर पनि दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याज बढ्दा आधार दर उक्लिएर ऋण पनि महँँगो भएको छ । कोरोनाबाट थला परेको ब्यवसायलाई सरकारले माथी उकास्ने गरी सहुलियत कर्जा ल्याउनुपर्ने ठाउँमा झन राष्ट बैकंलेनी निति ल्याएर ब्याजदर बढाउने काम भएको भन्दै सो निति परिवर्तनका लागी कैलालीका ब्यवसायीहरुले माग गरेका छन् । यो ब्याजदरमा ब्यापार गर्न नसकिने भन्दै उनिहरुले ब्यवसायनै बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
बिहीबार धनगढीमा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईको उपस्थितिमा सरोकारवालाहरुसँगको बैठक –अन्तरक्रिया कार्यक्रम बाट प्रदेशका व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन् । उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले सरकारले व्यवसायीलाई विस्थापन गर्नेगरी विभिन्न निर्णय गर्दै आएकोले त्यसका विरुद्ध व्यवसायीहरु एक भएर चरणबद्ध आन्दोलन गर्ने निष्कर्षमा पुगेको बताए । उनले सरकारको निर्णयका कारण साना तथा मझौला व्यवसायीहरु बढी मारमा परिरहेको बताए ।
बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै ब्यवसायीहरुले उत्पादित सामानको मूल्य अकासिएका बेला झन ब्याजदर बढाउनु गलत रहेको ठह¥याएका छन् । कैलाली उधोग बाणिज्य संघले सबै ब्यवसायीहरुलाई बोलाएर आगामी आन्दोलनका कार्यक्रम बारे समेत सुझाव लिएको छ । यसरी संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै ब्यवसायीहरुले ब्याज वृद्धिको निर्णयले ब्याज दरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित बताएका छन् ।
पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका अध्यक्ष सञ्जय चौधरीले बैंकले बढाएको ब्याजदर व्यवसायीहरुको पक्षमा नरहेको बताए । सरकारले व्यवसायीलाई ‘दुस्मनको नजर’ले हेरिरहेको उनकोे आरोप छ । शान्तिपूर्ण विरोधले सरकारले व्यवसायीको पीडा नबुझ्ने भएकाले कडा रुपमा आन्दोलन गर्नुपर्ने सुझाव समेत उनको छ ।
कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले सरकारका कदमले व्यवसायीहरु आतंकित हुनुपर्ने अवस्था आइरहेको बताए । अचाक्ली ब्याजवृद्धि, मनोमानी ढंगले अनुगमन लगायतका कारण सरकारबाट व्यवसायीहरु डराइ रहेको उनको भनाइ छ ।
कैलालीका ब्यवसायीहरुले आफ्ना समस्या उधोग बाणिज्य महासंघ मार्फत सम्बोधन हुनुपर्ने माग राखेका छन् । सबै ब्यवसायीको छाता संगठन उधोग बाणिज्य महासंघको नेतृत्वमा चर्को ब्याज बिरुद्ध आन्दोलनमा उत्रिनुपर्नेमा ब्यवसायीहरुले जोड दिएका हुन् । ब्यवसायीका समस्यामा सबै एकजुट भएर जानुपर्नेमा नेपाल उधोग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष रामचन्द्र साघांईले बताए । सबै एकजुट भएर लागे केही हदसम्म सहुलियत हुने उनको दावी छ ।
अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न ब्यवसायीहरुले आग्रह गरेका छन् । कोरोनाले लथालिगं अवस्थामा पुगेको ब्यवसायलाई सके सहुलियत दिन आग्रह गर्दै ब्यवसायीहरुले झन ब्यवसाय बन्द गर्नुपर्ने स्थिती श्रृजना नगर्न सरकारलाई आग्रह गरेका छन् ।