धनगढी। धनगढीको एक्सिस विद्याश्रमका एक्सिस युथ रेडक्रसमा आबद्ध बिद्यार्थीहरूले औषधि सहयोग तथा प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको छ।
कक्षा ११र १२ मा अध्ययनरत एक्सिस युथ रेडक्रसमा आबद्ध बिद्यार्थीहरूले प्राथमिक उपचार दिवसको अवसरमा धनगढीमा रहेको रितिका गुरुङबाट संचालित स्ट्रीट पवजलाई औषधि तथा उपचार सामग्री बितरण गरेका हुन्। उक्त अबसरमा धनगढी मेनरोडमा रहेको नोभा अस्पतालले प्राथमिक उपचार तथा लागु औषध दुर्व्यसन सम्बन्धि प्रशिक्षण समेत दिएको थियो।