धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढीले सुपथ मूल्य पसल संचालनमा ल्याएको छ ।चाडपर्वलाई लक्षित गरेर खाद्य व्यापार कम्पनीले धनगढी कार्यालय परिसरमा र धनगढीकै मोहनपुरस्थित आफ्नो गोदामबाट सुपथ मूल्य पसल सञ्चालन ल्याएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्जिला बस्नेतले सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत मूल्यमा चामल उपलब्ध भैरहेको बताइन् । खाद्यले चामलमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराएर सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको उनले बताइन् ।
प्रतिक्वीन्टल ४६ सय पर्ने मोटो चामल खाद्यको पसलबाट ३९०० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै प्रतिक्वीन्टल ६ हजार ७ सय पर्ने जिरा मसिनो चामल ६ हजारमा र प्रतिक्वीन्टल ११ हजार पर्ने बासमती चामल १० हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिइन्। साल्ट टे«डिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा पनि सहुलियत मूल्यमा चामल बिक्रीको व्यवस्था गरिने उनले जानकारी दिएकी छिन्।