धनगढी। धनगढीको नवजिवन अस्पताल प्राली र धनगढी वडा नम्बर ४ को कार्यालय बिच उपचारमा छुट दिइने बारे सम्झौता भएको छ। आज नवजिवन अस्पताल पालीका तर्फबाट सिइओ चक्र खडायत तथा मेडिकल निर्देशक बिदुर मणी ढकाल र वडा नम्बर ४ का अध्यक्ष बुद्धि बहादु खड्का तथा वडा सचिब देबराज भट्ट बिच उक्त सम्झौता गरिएको हो ।
नवजिवन अस्पतालले बिभिन्न ६ प्रकारका उपचारमा वडा कार्यालयका सम्पुर्ण कर्मचारी र सो वडाका बासिन्दालाई छुट दिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ। साथै अस्पतालमा उपचार सेवा लिन आउँदा उक्त कार्यालयको प्रमाण, सिफारिस पेश गरि आएमा उक्त छुट सुबिधा रहेको नवजिवन अस्पताल पालीका सिइओ चक्र खडायतले जानकारी दिए।उनका अनुसार ओपिडी जनरल बिरामी ५० प्रतिशत छुट पुर्ण कालीन चिकित्सकहरु मात्र, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयमसेवीका ५० प्रतिशत छुट, ओ टी शल्यक्रिया २० प्रतिशत छुट, ए सी बेड १५ प्रतिशत छुट, आइसियु एन आइसियु १५ प्रतिशत छुट, ल्याब १५ प्रतिशत छुट, एक्सरे २० प्रतिशत छुट रहेको जनाइएको छ । यस्तै नवजिवन अस्पतालले गरिब, अती बिपन्न असाहय बिरामीहरुको सिफारिसको आधारमा १० नर्मल बेड निशुल्क रहेको छ । बिरामीले माथिी उल्लेखीत छुट लिनका लागी बिलीङ्ग हुँदा बखत उक्त कार्यालयको प्रमाणपत्र, परिचयपत्र वा सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ । बिलीङ्ग भए पश्चात पशे गरेको खण्डमा मान्य नहुने कुरा अवगत गराएको छ ।