धनगढी। धनगढीबाट डोटी जाँदै गरेको जीप डडेल्धुरामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सोमबार दिउँसो केआईसिंह राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा सुपप्र ००१ च ३३६८ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले दुर्घटनामा परेर चालक कञ्चनपुरको महेन्द्रनगरका बर्ष ४३ का कृष्ण ऐर, डोटी दिपायल सिलगढी नगरपालीकाका बर्ष २१ का अमन सूचीकार, बर्ष ४३ का गोपाल सूचीकार र बर्ष २२ का सन्तोश नेपाली रहेको बताए। घाईते मध्ये सन्तोश नेपालीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनाको कारण जिपको ब्रेक फेल भई अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।