काठमाडौं। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट ९९८ जनालाई सम्मानित गरेकी छन् । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।
विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित हुनेमध्ये नेपाल रत्नबाट १ जना, राष्ट्र गौरवबाट ३ जना, स्रप्रसिद्ध प्रबल जनसेवाश्रीबाट १, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट १४, सुकीर्तिमय राष्ट्रदीपबाट १७, सुप्रबल जनसेवाश्रीबाट १६५, कीर्तिमय राष्ट्रदीपबाट ६, प्रबल जनसेवाश्रीबाट ३२२, राष्ट्रदीपबाट २ र जनसेवाश्रीबाट २०७ जना छन्।
अलंकारतर्फ राष्ट्र यशोवर्द्धकबाट १०, परम पौरख भास्करबाट २, नेपाल प्रताप सुभूषणबाट ३८, नेपाल सेवा प्रवीणबाट २३, अतिपौरख भाष्करबाट ८, नेपाल प्रताप आभूषणबाट १९, समाजसेवा रत्नबाट ३८, महापौरख भाष्करबाट १८ र नेपाल प्रताप भूषणबाट २३ जना विभूषित भएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै राष्ट्रेवा पदक प्रथम श्रेणीबाट ६, शिक्षाज्योतिबाट १८, सगरमाथा पदकबाट १३, सुकीर्ति पदकबाट १२, वीरता पदकबाट ८, सौर्य पदकबाट १, प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट ७ र विकास रत्न पदकबाट १६ जना विभूषित भएका छन्।