धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। विगत एक हप्ता देखि अनसनरत रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको एक विज्ञप्ति जारी गर्दै भनिएको हो।
डा. केसी गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका थिए। केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको र हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर नदिन लिखित रूपमै भनेकाले पोषण तत्त्व शरीरमा कमी भएको छ अस्पतालले जनाएको छ। केसीको टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांसपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौँ दिनसम्ममा २ केजी तौल घटेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न सङ्क्रमण हुनसक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भई अङ्ग र प्रणाली खराबी हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।७ बुँदे माग राखेका डा. केसीले एक हप्ता देखि सत्याग्रह गरिरहेका छन् ।डा केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरूको तत्कालको दरबन्दी हालको बेड सङ्ख्या अनुसार बढाइनु पर्ने माग गरेका छन्।
जनसङ्ख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ । संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्स-रे लगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नु पर्ने केसीको माग छ ।यसै गरी, स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनु पर्ने, देशभर दिगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो सङ्ख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ति गरिनु पर्ने माग राखिएको छ ।सरकारी स्वास्थ्य संस्था वरिपरि मापदण्ड नपु¥याइ खुलेका र जोखिमपूर्ण सेवा दिइरहेका संस्थालाई कारबाही गरिनु पर्ने माग केसीको छ ।उनले निम्न ७ बुँदे माग राखेका छन् ।यस्ता छन् केसीका ७ बुँदे मागः