कैलाली। कैलालीको अत्तरियामा ‘बच्चा चोर’भनेर सामाजिक संजालमा भ्रमपूर्ण प्रचार गरिएपछि मानसिक समस्या भएकी महिला कुटिएकी छिन् । कैलालीको गोदावरी नगरपालिका अत्तरिया बसपार्कमा मानसिक सन्तुलन गुमाएकी एक महिला बच्चा चोरीको आशंकामा कुटीएकी खुलेको हो। अत्तरिया बजारमा क्षेत्रमा मागेर खाने र सडकमै बस्दै आएकी ति महिलालाई स्थानीयले बसपार्कमा देखेपछि बच्चा चोरको आंशकामा मंगलबार कुटपिट गर्दै प्रहरीलाई बुझाएका थिए।
स्थानीयले बच्चा चोरको आंशकामा कुटपिट र लछाड पछाड गर्दै ईलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएपनी ति महिला बच्चा चोरीमा संलग्न भएको कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेले स्थानीयले संकाकै भरमा ति महिलालाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएको बताए । ‘स्थानीयले गरिब झुत्रेझाम्रे दुःखी देखेपछि पिटपाट गरेर प्रहरीको जिम्मा लगाए । उनले ति महिलाले आफ्नो नाम महालक्ष्मी बिक बताए पनि स्पष्ट बोली बुझ्न नसकिएको बताए । ‘बोलेको कुरा राम्ररी बुझिएको छैन’ उनले भने ‘ति महिला आफ्नो घर परिवारको बारेमा समेत भन्न सक्ने अवस्थामा छैनन् । ठेगाना सोधेपनि भन्न सकेनन् ।’ बच्चा चोरेको कुनै प्रमाण भेटिएको छैन’ उनले भने ‘सामाजमा फैलिएको हल्लाका भरमा दुःखी, गरिब, सडकमा मागेर खानेले दुःख पाएको बताए ।’प्रहरीले ति महिलालाई हाल अत्तरियामै रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखेको छ।पछिल्लो समय सामाजिक संजालमा भारतबाट बच्चा चोर नेपालमा भित्रिएको भनिएपनि प्रहरीले भने अहिले सम्म यस्ता व्यक्ति फेला नपरेको जनाएको छ। यद्दपी सामाजिक संजालमा भने यस्ता अफवाह फैलाउने क्रम रोकिएको छैन । जसले गर्दा बर्षौदेखि सडकमै जिविकोपार्जन गर्ने मानिस परेका छन। प्रहरीले अनाबश्यक भ्रमपुर्ण र अफवाह नफैलाउने काम नर्गन आग्रह गरेको छ । यदी कही कतै त्यस्तो जानकारी आए प्रहरीलाई खवर गर्न भनेको छ ।