धनगढी। धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा छात्राहरु बेहोस हुन थालेका छन । धनगढी उप–महानगरपालिका १ स्थित त्रिनगर माध्यमिक विद्यालयमा छात्राहरु बेहोस हुन थालेका हुन। विद्यालय प्रशासनले बिहीबारमात्रै सात जना छात्राहरु अचानक बेहोस भएको जानकारी दिएको छ।
उनिहरुमा रिगटा लाग्ने, बेहोस हुने, चिच्याउने, कराउने, रुने, एक्लै भाग्ने, दात टोक्ने,काप्ने लगायतका समस्या देखिएको प्रधानाध्यापक भुपाल सिं खड्काले जानकारी दिए। उनका अनुसार विद्यालयमा एउटा छात्रा बेहोस भएको देखेर अरुपनि बेहोस हुनेगरेका छन। मनो परामर्श दाता गिता भट्टले किशोरीमा यस्ता समस्या भएमा आत्तिहाल्नु पर्ने अवस्था नहुने बताइन् ।उनले किशोरावस्थाका किशोरिलाई धेरै भिडभाड, कोलाहल हुने क्षेत्रमा बढी समस्या हुने गरेको बताउँदै शान्त वातावरण भएको ठाउँमा राखेर आराम गराउनुपर्ने जानकारी दिइन्।