बैतडी। बैतडीको सुर्नया गाउँपालिकाले लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने भएको छ ।गाउँपालिकाले आज एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि अध्यापन अनुमति पत्र(लाइसेन्स ) नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको हो। यही भदौ २४ गते बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेको थियो।
उक्त निर्णयमा रहेर गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिहरुले त्यस्ता शिक्षकहरुलाई अवकाश दिनुपर्ने जनाएको छ ।गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिन भित्र पालिकालाई जानकारी गराउन समेत भनिएको छ।