धनगढी। धनगढीमा सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रीएको छ। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको २०औँ आमरण अनसनको तेश्रो दिनमा डा केसीको स्वास्थ्यमा समस्या देखिएको हो। उनीे सरकारसँग विभिन्न ७ बुँदे माग राख्दै धनगढीस्थीत लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत रहेका छन्।
डाक्टर केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। तर सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ। आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। पिसाबमा क्रेटिन देखिएको चिकित्सकले बताएका छन्। लामो समयसम्म पानी बाहेक अन्य खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको छ,‘डाक्टर केसीको रगतमा सुगरको मात्रा ५६ देखिएको छ,’पानी बाहेक अरु नलिएकाले स्वास्थ्यका सबै प्यारामिटर खस्कदो अवस्थामा देखिएका छन् उनले भने।
यस्तै मंगलबार रातिबाट भने समस्या देखिन थालेको हो। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा घट्न थालेको छ । डाक्टर केसीको रेखदेखमा रहेका डाक्टर अमृत जैशीले बताए। राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या भएको जस्ता जटिलता देखा परेको छ । हिजो राति राम्रोसँग सुत्न पनि नसकेको उनले बताए। डाक्टर केसीले शुद्ध पिउने पानी बाहेक अन्य कुरा केही पनि नखाने अडान लिएका छन्। २० पटकसम्म सत्याग्रह बस्दा र बढ्दो उमेरका कारण धेरै लामो अनशनले स्वास्थ्यमा अनेक प्रकारका समस्या निम्तिने चिन्ता गरिएको छ। सत्याग्रह तत्काल रोक्न नसके डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने डाक्टर कमरले बताए। डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन। लामो समयसम्म सत्यागृह बस्दा डाक्टर केसीलाई थप स्वास्थ्य समस्या हुने देखीएको छ । सरकारले माग सम्बोधनमा संवेदनशील नभएपछि अनसन बस्न बाध्य भएको सोमबार उनले पत्रकार सम्बेलनमा बताएका थिए। डा।केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता भदौ २८ गते अल्मिेटम दिएका थिए। तर सरकार अझै मागप्रति मौन रहेको छ।उनले निम्न ७ बुँदे माग राखेका छन् ।यस्ता छन् केसीका ७ बुँदे मागः