धनगढी : चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुरु गरेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् ।
डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए। तर, आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए । प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ की भनेर यहाँबाट शुरु गरेको उनले बताए । सत्याग्रहको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन् ।
स्वास्थ्य शिक्षा सुधार, गेटा मेडिकल कलेजलाई स्वासथ्य बिज्ञान प्रतिस्ठान बनाई तत्काल सञ्चालन गरिनुपर्ने, मेडिकल शिक्षण संस्थाहरुलाई गैरनाफामूलक बनाउनुपर्ने लगायतका ६ बुँदे माग सहित उनले सत्याग्रह शुरु गरेका हुन् । नेताहरुले पटक पटक सम्झौत ागर्ने तर कार्यान्वयन नगर्ने भएका कारण फेरी सत्याग्रह शुरु गर्नुपरेको केसीले बताए । सबै ठुला दलका नेताहरु भ्रस्ट भएको बताउँदै केसीले नेताहरुकै आडमा माफियाहरुले लुट मच्चाइरहेको आरोप लगाए । नेताहरुले कालो धन लुकाउन निजि स्वास्थ्य संस्थामा लगानी लगाउने तर सरकारी स्वास्थ्य संस्था नखोलेकै कारण देशको स्वासथ्य अवस्ता बेहाल भएको उनले बताए ।
भक्कानिए केसी
सत्याग्रह अघी केसीले पत्रकारहरुसंग कुरा गरे । कुराकानीका क्रममा निकै भक्कानिए । ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिई नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु । एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरु त्यतिकै मरिरहेका छन्,’ उनी यति भनेपछि भक्कानिएका थिए ।
https://www.facebook.com/watch/?ref=search&v=599209911690096&external_log_id=cc7d33ed-947b-4013-8bd1-ff979b27a676&q=%EA%95%B6u%F0%9D%97%89%F0%9D%90%9A%20%CF%BB%F0%9D%9A%8E%D4%81%F0%9D%97%B6%F0%9D%90%9A