फेसबुकमा दलित भन्ने बैतडीका एक जनालाई दुई महिना कैद सजाय भएको छ । सामाजिक सञ्जालमा दलित भन्दै अपशब्द लेख्ने बैतडीका प्रकाश चन्दलाई दुई महिना कैद सजाय सुनाइएको हो । सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्ने जिल्ला अदालतले फैसला गरेको हो।
उनलाई अदालतले दुई महिना थुना, २५ हजार रुपयाँ क्षतिपुर्ती र ५ सय रुपयाँ जरिवानाको फैसला सुनाएको हो । मेलौली नगरपालिका ५ का बलभद्र दयाललाई नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयाल भनेर चन्दले गत वैशाख ३ गते फेसबुकबाट लेखेका थिए। दयालले बैशाख ७ गते उनीविरुद्ध उजुरी दिएका थिए । चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका र उनी भारतमा बस्दै आएका बताइएको छ।