बैतडी। बैतडीको एक विद्यालयमा हल्ला भएको भन्दै कुटपीटपछि विद्यार्थी आन्दोलीत भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका हुन्। दशरथचन्द माध्यमिक विद्यालयमा भलिबल खेल्दा हल्ला भएको भन्दै स्थानीय सुदीप चन्दले विद्यालयमै आएर कक्षा ९ मा अध्ययनरत विद्यार्थी प्रेम चन्दलाई कुटपीट गरेको बताइएको छ।
विद्यार्थीहरुले कुटपीट गरेको भन्दै न्यायको माग गर्दै विद्यार्थीहरुले जुलुस सहित जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका छन्। विद्यालयले प्रेम चन्दको घाटी, हात र ढाडमा चोट लागेको जनाएको छ। भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथी पनि अभद्र ब्यवहार गरेको विद्यार्थीको भनाई छ। विद्यार्थीहरुलेबाल अधिकारको रक्षा गर, बालबालिकाको स्वतन्त्र रुपमा पढ्ने र खेल्ने अधिकारको रक्षा गर विद्यार्थीमाथी हातपात गर्ने चन्दमाथी कारवाही गर भन्दै बिरोध गरिएको बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । यता आरोपित पक्षले भने आफुले कुटपीट नगरेको तर हल्ला नगर्नु भनेको बताएका छन् ।