कञ्चनपुर। कञ्चनपुरमा चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ। आज साँझ ५ बजेको समयमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न ७ का २२ बर्षिय दीपक राना र उनकी २० बर्षिया श्रीमती मन्तरा रानाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्काले बताए।
घटनास्थलमै रहेका खड्काका अनुसार माछा मारेर फर्कँदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए। सोही रुखमा चट्याङ परेको थियो। त्यसपछि उनीहरू मृत्यु भएको हो।