धनगढी : आगामी संघ र प्रदेशसभाको निर्वाचनका लागी नेकपा एमालेबाट डोटीमा ४ जना आकाक्षीं देखिएका छन् । सत्ता गठबन्धनमा बागबन्डा मिलाउन सकस देखिएको डोटीमा एमालेबाटै ४ जना आकाक्षीं देखिएका हुन् । डोटीका हेवी वेट नेताहरुले चर्चा भइरहँदा एमालेको उमेदवार को हुने भन्ने बिषयपनि चासोको बिषय बनेको छ ।
एमाले डोटीका अनुसार भदौ २० गते उम्मेदवार सिफारिसको तयारी थालिएको छ। आकांक्षीहरुसंग छलफल गरेर जिल्ला कमिटिले प्रदेश कमिटिलाई सिफारिश गर्ने एमाले डोटीका सचिव शेर बहादूर मल्लले जानकारी दिए । अहिले केही नयाँ र पुराना नेताहरुले आ आफ्नो दावी गरिरहेको उनले बताए ।
प्रतिनिधिसभाका लागी एमाले डोटी अध्यक्ष चक्र मल्ल, सदस्य मिन बोहरा, प्रदेश कमिटि सचिवालय सदस्य गणेश भट्ट र प्रदेश कमिटि सदस्य लक्ष्मण खड्काले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागी दावी गरेका छन् । काग्रेंस प्रदेश सभापति बिर बहादूर बलायरले डोटीमा गठबन्धन नहुने उद्घोष गरिसकेपनि थप चर्चा चलेको छ । काग्रेंस एक्लै चुनाव लडे जित्ने खावी एमालेको छ ।