धनगढी। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र बृटिस रेडक्रसको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपाजर्न कार्यक्रम अन्तरगत धनगढी उपमहानगरपालिकाको वडा नं १९ का लाभग्राहीहरुका लागी स्थानीय तहको बजेट तथा योजना तर्जुमाका चरणहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमले वडा नं १३ , १७ र १९ का १२५ जना लाभ गा्रहिलाई सहयोग गर्ने योजना राखेको छ।
लाभग्राहिहरुलाई बहस पैरबि गर्न र अफना सवालहरु स्थानिय सरकार संग माग गर्न सहज होस भन्ने उदेश्यले स्थानीय तहको बजेट तथा योजना तर्जुमाका चरणहरु सम्बन्धि अभिमुखि कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रममा वडा न १९ का २५ जना लाभग्राहीहरु सहभागी भएका थिए। कार्यक्रममा धनगढी उपमहानगरपालिका का सामाजिक बिकास शाखा प्रमुख टंक बहादुर बिष्टले सहजिकरण गर्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कर्मचारी नरेन्द्र भट्टले कार्यक्रम सन्चालन गर्नुको साथै रेडक्रस तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए। उत्थानशिल जिविकोपाजर्न कार्यक्रम धनगढी उपमहानगर पालिकाका वडा नं १३ १७ र १९ मा सञ्चालन भइरहेको छ।