बैतडी। नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचेको छ। बच्चा जन्माउन नसकि जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छटपटाइरहेकी दशरथचन्द नगरपालिका ४ जर्गकी २१ वर्षीया महिलाको ज्यान नेपाली सेनाले गरेको रक्तदानले बचेको हो।
सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका बन्दोबस्त कार्य सिपाही लोकेन्द्र कार्कीले ती महिलाका लागि एक पिन्ट रगत दान गरेको उक्त गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले जानकारी दिए।जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर भर्ना भएकी ती महिलालाई सुत्केरीपश्चात अत्यधिक रत्तश्राव भएका कारण ज्यान जोखिममा परेको थियो।
ती महिलाको ब्लल गु्रप एबी पोजेटिभ रहेको र ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो। सेनालाई खबर गरेपश्चात लगत्तै रक्तदान गरेपछि सुत्केरीको ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको शरीरमा रगतको कमी भएपछि अस्पतालले सेनालाई गुहारेको थियो । बैतडीमा रक्तसञ्चार केन्द्र ९ब्लड बैंक० नहुँदा रगतको आवश्यकता पर्दा सेना, प्रहरी, स्वास्थ्यकर्मीकै भर पर्नपर्ने बाध्यता रहेको छ।