धनगढी। शहरी विपद तथा भुकम्पीय पुर्व तयारी परियोजना सुपर परियोजनाले प्रदेशको सामाजिक मन्त्रालयसँग शिक्षा सुरक्षा स्वास्थ्य र पोषण सम्बन्धि छलफल गरेको छ । आईतबार (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपी/युनीसेफ, यु एन ओमन, एनआरसिको सहकार्यमा मन्त्रालयका प्रतिनिधीसँग छलफल तथा बैठक गरेको हो।
यस्तै कार्यक्रममा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सुदुरपश्चिम प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले शहरी विपद तथा भुकम्पीय जोखीमका हिसाबले शिक्षा सुरक्षा स्वास्थ्य र पोषण अवस्थाको आवश्यक पुर्व तयारी अपनाउनुपर्ने बताइन् । उनले प्रदेश सरकारसँग सहकार्य गरेर बिपद जोखीम न्युनिकरणमा टेवा पुग्ने बताइन् । बर्षेनी बिपदसम्बन्धि बजेट छुट्याएपनी आधा मात्रै बजेट आउने र आएको बजेट पनी सहि तरिकाले कार्यान्वयन नभएको पाइएको बताइन् । बिपदको बेलामा क्षती पु¥याएका बिद्यालयमा बस्नका लागी उचित स्थान तथा बसोबासका लागी भवन निमार्ण आवश्यक पर्ने उनको भनाई छ ।
यस्का लागी आन्तरिक मन्त्रालय सँग थप बजेटको उपलब्धता बिषयमा छलफल र समन्वय गर्नपर्ने उनको सुझाब छ । यस्तै सामाजिक बिकास मन्त्रलयका महिला विकास अधिकृत जयन्ती गिरीले बिपदमा पहिलो आवश्यकता मानिस बच्ने, बचाउने पहिलो आवश्यता भएको र दोस्रो भनेको गास, बास र कपास तथा शिक्षा रहेको बताइन् । सामाजिक बिकास मन्त्रालयले बिशेष गरेर छुट्टै बिपद भनेर बजेट छुट्याउने नगरेको बताइन् । केवल आन्तरीक मन्त्रालयले मात्रै बजेट छुट्याउने हुँदा समन्वय गर्न समस्या हुने बताइन् । यस्तै सामाजिक बिकास मन्त्रालयले नेतृत्व गरेका ३ वटा कलस्टरहरु नेपाल शिक्षा समुह, संरक्षण बिषयगत क्षेत्र, नेपाल र नेपाल स्वास्थ्य समुहको कार्य संचालन कार्यबिधी २०७९ असोज ३० गते भित्र तयार गरी सक्ने निर्णय पारित गरिएको छ । सोको लागी सुुपर परियोजना युएनडिपीले आवश्यक समन्वय र प्राबिधिक सहयोग गर्ने निर्णय समेत गरिएको छ । यस्तै सामाजिक बिकास मन्त्रालयलले नेतृत्व गरेका सो कलस्टरहरु एक आपसमा जानकारी प्राप्तीका लागी ३ वटै कलस्टरको बैठक आवश्यकता अनुसार बस्ने निर्णय भएको छ ।