धनगढी : अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन सुदूरपश्चिम प्रदेश कमिटि ले तिज बिषेश कार्यक्रमको आयोजना गर्दै दर खुवाएको हो । महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तिजको पुर्वसन्ध्यामा अनेरास्वबियुले एमाले पार्टी कार्यालय धनगढीमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको हो ।
अनेरास्वबियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राइको अध्यक्षतामा भएको दर खुवाउने कायृक्रममा नेकपा एमाले अनुशासन आयोगकी केन्द्रिय सदस्य लक्ष्मी शाह प्मुख अतिथि रहेकी थिइन् ।
यस्तै नेकपा उमाले कैलाली जिल्ला कमिटिका कार्यबाहक अध्यक्ष दुर्गा जोशी, प्रदेश कमिटि सदस्य रुकमणी देवकोटाको बिषेश आतिथ्यतामा दर खुवाउने कार्यक्रम आयोजना भएको हो । पार्टीसंग आबद्ध सम्पुर्ण महिला दिदि बहिनिहरुलाई दर खुवाउँदै सुभकामना आदानप्रदान गरिएको अनेरास्वबियु सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष मनोज राइले जानकारी दिए ।