धनगढी : आगामी मंसिर ४ गते सरकारले प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मिति तय गरेसंगै उमेदवारहरु आ आफ्नो क्षेत्रमा दावी गरिरहेका छन् । देशकै चर्चित क्षेत्र मध्ये कैलाली क्षेत्र नम्बर ५ मापनि नेताहरुले आ आफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ को ख प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा एमाले कैलाली जिल्लाका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले दावी गरेका छन् । आफ्नो जित्ने आधार सहित जोशीले प्रदेशसभा निर्वाचन क्षेत्र ख मा आफ्नो उमेदवारी रहने बताएका हुन् । सुप मिडियाको एस टिभि टक कार्यक्रममा पत्रकार दिनेश बिष्टसंग कुरा गर्दे जोशीले आफ्नो उमेदवारी स्वभाविक रहने बताएका हुन् ।
हुन त नेताहरुले उमेदवारहरुका बारेमा निर्णय लिनुहुन्छ होला जोशीले भने “तर पार्टीको कार्यक्रता भएका कारण मेरो दावी स्वभाविक रहन्छ, म पार्टीको जिल्ला कार्यबाहक अध्यक्ष छु, सबै भन्न त मिल्दैन निर्णय गर्ने पार्टी छ तर मैले चुनाव लड्नका लागी तयारी गरिरहेको छु ।” म स्थानिय तह निर्वाचन २०७४ मा धनगढी उप महानगरपालिकाको मेयरमा लडेको थिए जोशीले भने “त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष भएर कामपनि गरिसकेको छु त्यस कारण म उमेदवार रहन्छु, टिकट दिने कुरामा मेरो मेहेनत र योगदानको मुल्याकंन गर्ने जिम्मा पार्टीलाई छदैछ ।”
जोशी २०७४ सालको निर्वाचनमा नेपाली काग्रेंसका उमेदवार नृप बहादूर वडसित पराजित भएका थिए । त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष भएर जोशीले काम गरे । सेती अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष भए पश्चात जोशीले सेती अस्पताल सुधारमा निकै योगदान दिए । जताततै फोहोरै फोहोरले कुरुप सेती अस्पताल सफा बनाउने अभियानबाट अस्पताल सुधार शुरु गरेका थिए ।
अस्पताल सफा र चिटिक्क बन्ने देखी बिभिन्न सुबिधाहरु थप्नमा जोशीको ठुलो योगदान रह्यो । सेती अस्पतालमा बिभिन्न बिषेशज्ञ सेवा देखी उपकरण जोशीकै पालामा थपिएका थिए । आइसियु बेड थप्ने देखी सिटि स्क्यान मेशिन खरिदसम्म जोशीकै पालामा भएका हुन् । सेती अस्पताललाई निकै सुधार ल्याउन खोजेका जोशीलाई कोरोना कहर र छोटो कार्यकालले केही अशर गरेपनि उनले उल्लेख्य काम गर्न सके ।
सेती अस्पतालमा आफुले गरेका काम जनताले प्रस्ट थाहा पाएकाले पार्टीले टिकट दिए जनताको रोजाइमा पर्ने जोशीको बिश्वास छ । बौद्धिक बर्गको ब्यक्तीले निर्बिकल्प आफैलाई रोज्ने जोशीको दावी छ । यस क्षेत्रमा एमालेबाट पार्टी सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकलेपनि दावी गरेका छन् ।