कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा २ वर्षीया बालिका नहरमा मृत भेटिएकी छन्। भीमदत्त नगरपालिका १७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मुस्कानको शुक्रबार बिहान नहरमा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार साँझ ६ बजेदेखि ती बालिका घरबाट हराएकी थिइन्।
नहरमा डुबेको आशंकामा अभिभावकले खोजतलासका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस मझगाउँलाई खबर गरेका थिए। सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा शव भेटाएको प्रहरीले जनाएको छ। प्रहरीले बालिकाको नहरमा डुबेर मृत्यु भएको हुनसक्ने जनाएको छ।