धनगढी : बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्रबाट चुनाव लडेर बिजयी भएका जनप्रतिनिधीहरु एमालेमा फर्किन शुरु गरेका छन् । तत्कालिन युवा संघ नेपाल सुदूरपश्मि प्रदेश संयोजक रहेका शन्तोस प्रकास जोशी सहितको टिमले पार्टी छोड्दै स्वतन्त्रबाट चुनाव लडेका थिए । र केही वडा अध्यक्ष सहित पालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनमा एमालेले टिकट नदिने अवस्था देखेपछि उनिहरु स्वतन्त्रबाट चुनाव लडेका थिए । अहिले अध्यक्ष शन्तोस प्रकाश जोशी सहित एमालेमा फर्किने तयारी गरेका हुन् ।
उनको टिमबाट वडाअध्यक्षमा विजयी भएका यज्ञ भट्टले बिहिबार एमालेका शिर्ष नेताहरुलाई भेटेर एमालेमै फर्किने तयारी रहेको बताएका थिए। वडा अध्यक्ष भट्टका अनुसार आफुसहित डिलासैनीमा स्वतन्त्र निर्वाचित जनप्रतिनिधिहरुले संसदीय निर्वाचन अगाडि नै एमालेमा फर्किने तयारी गरेका छन्।