धनगढी। धनगढीमा लाभग्राहिहरुका लागी सामाजीक सुरक्षा तथा जोखिम हस्तान्तरण संयन्त्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ।नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र बृटिस रेडक्रसको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तरगत सो अभिमुखिकरण कार्यक्रम गरिएको हो । धनगढी वडा नं १३, १७ र १९ का लाभग्राहिहरुका लागी सामाजीक सुरक्षा तथा जोखिम हस्तान्तरण संयन्त्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमले सो वडाहरुका १२५ जना लाभ ग्राहिलाई सहयोग गर्ने योजना राखेको छ। भने सोहि कार्यक्रम अन्तरगतका व्यवसायको जोखिम कम गर्न र पालीकाद्धारा प्रदान गरिने सामाजीक सुरक्षाका कार्यक्रम सम्बन्धि जानकारी दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा बिभिन्न व्यवसायको जोखिम कम गर्न र पालीकाद्धारा प्रदान गरिने सामाजीक सुरक्षाका कार्यक्रमबारे जानकारी गराइएको थियो । खास गरेर आज कार्यक्रममा पशुबिमा जटिबुटी,निर्जीवन बिमा, दुर्घटना बिमा सम्बन्धिका साथै कृर्षि बिमा सम्बन्धि सम्पुर्ण जानकारी प्रदान गरिएको थियो । वडा नं १३ १७ र १९ मा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा ७५ जना लाभग्राहिहरु सहभागी भएको थियो । उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न १३ का वडा सचिव धर्मानन्द पाण्डेय, वडा न १७ का वडा सचिव प्रबिन श्रेष्ठ, वडा न १९ का वडा सचिव गणेश बस्नेत र धनगढी उपमहानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख टंक बहादुर बिष्टले सहजिकरण गरेका थिए । भने नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कर्मचारी नरेन्द्र भट्टले कार्यक्रम सन्चालन गर्नुको साथै रेडक्रस तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए। उत्थानशिल जिविकोपाजर्न कार्यक्रम धनगढी उपमहानगर पालिकाका वडा नं १३ १७ र १९ मा सञ्चालन भइरहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.