डोटी। डोटीको एक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो। मंगलबार गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीद्दारा आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन्।
गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो। ति हटाइएका करार कर्मचारीले आफ्नो पुर्नवहालीको माग गर्दै आएका छन। यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको तर अन्य विषयमा आफू जानकार नभएको बताएका छन्। विवाद बारे केहि दिनमा छलफल गर्ने अध्यक्ष गड्सिलाले गर्ने बताए।