कैलाली। कैलालीको हरैया र बैतडीको सतबाँझमा भेटिएका शंस्कापद वस्तु पनि निष्क्रिय पारिएका छन् । कैलालीको हरैयामा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए। शंस्कापद वस्तु आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै फेला परेको थियो ।
यस्तै उता बैतडीको सतबाँझमा भेटिएको शंकास्पद वस्तु पनि नेपाली सेनाले निष्क्रिय पारेको बैतडीको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए। आज बिहान सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका जाने गेट नजिकै सडक र भण्डारी आयल स्टोर नजिकै सडक किनारमा शंकास्पद वस्तु भेटिएको थियो। शंकास्पद वस्तु बम नभएको र डिस्पोज गरिएको गुल्मपति सेनानी थापाले बताए। यसअघि कैलालीको अत्तरियास्थीत चोकमा फेला परेको वस्तु पनि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।