बाजुरा। बाजुरामा एक महिलाले बलात्कारको झुटो आरोप लगाएको पाइएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ की एक ३० वर्षीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएर उजुरी दिएकी थिइन्। खेतमा घाँस काट्न गएका बेला बलात्कार गरेको भन्दै झुटो आरोप लगाएको पाइएको हो।महिलाले स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएकी थिइन्।
त्यसपछि रावल पक्राउ परेका थिए। उक्त आरोप झुटो रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। महिलाका आफन्तले उनको मानसिक स्वास्थ्य सहि नभएको र झुटो आरोप लगाउदै हिँड्ने गरेको भन्दै महिलालाई घर लगेको प्रहरीले बताएको छ। उनका आफन्तले युवतीको स्वास्थ्यबारे बताएका थिए। त्यसपछि उनको आरोप झुटो भएको थाहा भएको हो। प्रहरीले भने पक्राउ परेका कर रावललाई छोडेको छ ।