डोटीको बोगटान फुड्सिल गाउँपालिकाले विभिन्न शाखा र वाडा कार्यालयमा कार्यरत ७ जना कर्मचारी लाई काम बाट हटाएको छ । गाँउपालिकाले राजनिती प्रतिसोध राखी कर्मचारी हटाएका एमाले फुड्सिल गाउँ कमिटी अध्यक्ष खेम घर्तीमगरले बतबए । मगरका अनुसार गाउँपालिका मा कार्यरत ७ जना कर्मचारीलाई एमाले निकट भएको र निर्वाचनमा गठबंधनलाई मतदान नगरेको भन्दै ति कर्मचारीलाई हटाइएको मगरले बताए ।
यस बिषयमा नेकपा एमाले बोगटान फुड्सिल गाउँपालिका ले ध्यानाकर्षण भएको समेत जनाएको छ । एक प्रेस विज्ञप्ति जारि गर्दै संगठन का अध्यक्ष एवम् बोगटान फुड्सिल गाउँपालिका वडा नं। १ का अध्यक्ष खेम घर्ती मगर ले स्थानीय तह निर्वाचन सकिय पछि सरकार बनाउन ढिलो गरेको पालिकाले सरकार को नियम अनुसार असार १० गते ल्याउनु पर्ने निति तथा कार्यक्रम पनि समयमै ल्याउन नसकेको तर पार्टीको आक्षेप लगाउदै कर्मचारी हटाउन भने ढिलो गरेन नेकपा एमाले पक्षधर भन्दै कर्मचारी हरूको सम्झौता नगरेर अध्यक्ष रउपाध्यक्ष ले गल्ती गरेका भन्दै यसपछि उत्पन्न हुने सम्पूर्ण घटनाहरूको जिम्मा गाउँपालिका अध्यक्ष उपाध्यक्ष ले लिनुपर्ने प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।
यस विषयमा हामिले गाउँपालिका अध्यक्ष कमल गड्सिला लाई सम्पर्क गर्दा उनको फोन नउठपछि उपाध्यक्ष विष्णा देवी बम लाई सम्पर्क गरेउ उनले फोन उठाएपनी यो विषयमा जिज्ञासा राख्दा उनले पनी जवाफ नै नदिइ फोन राखिन र पछी हामिले पटक पटक सम्पर्क गर्दा समेत फोन उठाइनन् । त्यस पछी हामीले गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भरत चन्द लाई सम्पर्क गरेउ चन्दले भने संघिय सरकार बाट कर्मचारी नहटाउनु भनी पत्र आएको स्ववइकार गर्दै उक्त पत्र आफुले कार्यपालिका बैठकमा पेश गरेको भएता पनी कार्यपालिका बैठकले नै ति कर्मचारी को म्याद नथप्ने निर्णय गरेकोले आफुले पत्र मात्रै काटेको र बाँकी यस बिषयमा आफुलाई जानकारी नभएको बताए ।