बैतडी। बलात्कारको आरोप लागेका बैतडीका एक क्याम्पस प्रमुखलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी रहेका छन् ।बैतडी जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि उनले बलात्कार गरेको आरोप लागेको हो ।पीडित महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।