धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको वडा क्लिपनकबाट वडा नम्बर १९ मा १९१ जनाले सेवा लिएका छन् । बुधबार सञ्चालन भएको बिषेशज्ञ सेवा सहितको वडा क्लिनकमा जनरल फिजिसियनबाट १ सय ४१ जनाले उपचार सेवा लिएका छन्। यस्तै स्त्री तथा प्रसुति रोग विशेषज्ञको सेवा ५० जनाले सेवा लिएका हुन्।
८७ जनाले प्रयोगशाला सुविधा लिएका छन् भने अल्ट्रसाउण्ड सेवा २० जना र इसिजी सेवा २३ जनाले लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। वडा क्लिनिकमा १० जना ७० वर्षमाथिका जेष्ठ नागरिकले उपचार सेवा लिएका छन्।
साउन १ गतेबाट उप महानगरले विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो। जसअन्तर्गत विरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।