दार्चुला। दार्चुलामा जीप दुर्घटना हूँदा ५ जनाको मृत्यु भएको छ ९ जना घाइते भएका छन्। आज दिउँसो दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो। जिप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। जिप सडकबाट करिब २५० मिटर तल खसेको छ।
जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङ बुंगल नगरपालीका ८ का ६५ बर्षिय रैभान बोहरा, ५० बर्षिय पुने बोहरा, ५५ बर्षिय उज्वल बोहरा, ५० बर्षिय हिक्मत जाग्री र बुंगल नगरपालीका ८ कै ५५ बर्षिय चंकादेवी बोहरा रहेका छन्।दुर्घटनामा घाइते भएका ९ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेर दार्चुला मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ५२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी , महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका छन्।बझाङ बुङगलका ६८ बर्षिय धन बहादुर जाग्री, बैतडी डिलासैनी गाउँपालीका ३ का २१ बर्षिय प्रदिप राना र दार्चुला महाकाली ७ का २५ बर्षिय डिलाराम केसीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। जीप अनियन्त्रित भएपछि चालकले गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको यात्रुले बताएका छन्। तस्बीरहरु